५ सय ८८ कोरोना संक्रमित थपिँदा १०९७ जना संक्रमणमुक्त

236
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप ५ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय २० जनाको पीसीआर परीक्षण गरिएकोमा ५ सय ८८ कोरोना संक्रमित थपिएका हुन् ।


यस्तै एक हजार ९७ जनामा कोरोना मुक्त भएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।
गएको २४ घण्टामा काठमाडौंमा एक सय ७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ जना सङ्क्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म दुई लाख ५३ हजार ७ सय ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, गएको २४ घण्टामा ११ जनाको ज्यान गएको छ । यससँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ८८ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको संख्या ८ हजार ३ सय २० रहेको छ ।


  •  
  •  
  •