कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

97
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ जना पुरुष र ४ जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा तेह्रथुमका ३१ वर्षीय पुरुष, सुनसरीका ६४ वर्षीय पुरुष, काठमाडौंका ५९ र ६० वर्षीया महिला, ललितपुरमा ६७ वर्षीया महिला तथा ६१ र ७७ वर्षीय पुरुष, चितवनमा ७० वर्षीय पुरुष र नवलपरासीपूर्वकी ७७ वर्षीया महिला रहेका छन्। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ।
यसअघि सोमबार थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


  •  
  •  
  •