नेपालमा थप १९११ जनामा कोरोना संक्रमण, ९६१ जना डिस्चार्ज(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

65
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बिहीबार थप १ हजार ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टायता थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै हाल कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ जना पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२४४४ वटा पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म १०३३९४७ वटा पीसीआर परीक्षण भएको छ।

२४ घण्टायता थप ९६१ विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हाल डिस्चार्ज हुनेको संख्या ५७३८९ जना पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या २१८३० छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १०७६१ र होम आइसोलेसजमा ११०६९ जना रहेका  छन्।

त्यस्तै क्वारेन्टिनमा ५०७७ जना छन्। साथै २२० जनाको आईसीयूमा र २५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

हेर्नुहोस्


  •  
  •  
  •