काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९७ , भक्तपुरमा ९३ र ललितपुरमा ११२ कोरोना संक्रमित थपिएको बताए ।
थपिएका नयाँ संक्रमितमा काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुष रहेका छन् ।
यसअघि मंगलबार काठमाडौंमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ कोरोना संक्रमित थपिएका थिए ।