काठमाडौं उपत्यकामा थप १ सय ६ जनामा कोरोना संक्रमण

151
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

थपिएका नयाँ संक्रमितमा काठमाडौं ९२ जना, १० ललितपुर र भक्तपुरका चार जना रहेका छन् । यसअघि बिहीबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १४ र ललितपुरका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३९, ललिपुरका ३ जनामा कोरोना देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं पाँच जना, ललितपुरका दुई र भक्तपुर एक जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी, वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका चार जनामा कोरोना देखिएको उनले जानकारी दिए । त्रिवि शिक्षण अस्पतालमा गरिएको पीसीआरमा काठमाडौंमा एक जनामा कोरोना देखिएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको काठमाडौंका सात जनामा कोरोना पुष्टि भएको छ । स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका ११ र ललितपुरका एक जनामा कोरोना देखिएको उनले जानकारी दिए ।

विध ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका दुई जना र ललितुपरका एक जनामा  कोरोना पुष्टि भएको छ ।

ह्याम्स अस्पतालमा गरिएको पीसीआरमा काठमाडौंका चार  र भक्तपुरका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ  । नेपाल कोरियामैत्री अस्पतालमा  काठमाडौंका एक जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

सोरिया हेअन्थ केयरमा गरिएको परीक्षणमा काठमाडौंका चार जनामा कोरोना पुष्टि भएको छ ।

 


  •  
  •  
  •