कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु

45
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप एक जनाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि गरे ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । प्रवक्ता डा.गौतमका अनुसार पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी बयोधा अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएसँगै नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा उनको निधन भएको मन्त्रालयले जनाएको छ । उनी मधुमेह, उच्च रक्तचापको विरामी थिइन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here