लमजुङमा पाँच जनामा कोरोना भाइरस संक्रमण

847
  •  
  •  
  •  

काठमाडौं । लमजुङमा पाँच जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार लमजुङको क्होलासोथार गाउँपालिकाका १७ वर्षीयका पुरुष, मध्येनेपाल नगरपालिकाका २ जना ४२ र २० वर्षका पुरुष, दुधपोखरी गाउँपालिका १ का ४१ वर्षीय पुरुष र बेसिशहर नगरपालिकाका एक जना २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुलाई आईसोसेलनमा लैजाने तयारी भइरहेको छ ।

यसअघि लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको सरकारी तथ्यांकमा उल्लेख भएपनि उनी लमजुङ घरभई काठमाडौं बस्दै आएका व्यक्ति थिए । उनको काठमाडौंमा परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •