नेपालमा ८ सय ७७ जना कोरोना संक्रमित उपचारपछि निको

281
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । तीमध्ये ४ जना महिला र १२ जना पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ अस्पताल वलम्बुबाट ३ जना डिस्चार्ज भएका छन्। पाटन अस्पतालबाट १ जना महिला डिस्चार्ज भएकी छन्।काठमाडौँ मेडिकल कलेज, सिनामंगलबाट ३ जना डिस्चार्ज भएका छन्। धरानबाट ८ जना र ह्याम्स अस्पतालबाट १ जना डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८७७ पुगेको छ।


  •  
  •  
  •