कोभिड–१९(अपडेट): संक्रमितको संख्या ७३ लाख नाघ्यो, ३४ लाख ५४ हजार बढी उपचारपछि निको

289
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ७३ लाख नाघेको छ । यस्तै कोडिभ–१९ बाट विश्वभर चार लाख भन्दा बढीको ज्यान गएको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका विश्वभर कुल संक्रमितको संख्या ७३ लाख ६० हजार २ सय ३९ पुगेको छ । यस्तै कोभिड–१९ बाट ज्यान गुमाउने संख्या चार लाख १६ हजार २ सय १ पुगेको छ ।
विश्वभर ३४ लाख ५४ हजार ८ सय ७ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या २० लाख ४ सय ६४ पुगेको छ । एक लाख १२ हजार ९ सय २४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५ लाख ३३ हजार ५ सय ४ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा ब्राजिल दोस्रो स्थानमा छ । त्यहाँ ७ लाख ७२ हजार ४ सय १६ जना संक्रमित भएका छन् । त्यसमध्ये ३९ हजार ६ सय ८० जनाको मृत्यु भएको छ । ४ लाख १३ हजार ९ सय १६ जना उपचारपछि निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा धेरैको मृत्यु बेलायतमा भएको छ । बेलायतमा कोभिड–१९ का कारण ४१ हजार ११३ जनाको ज्यान गएको छ । त्यहाँ कुल संक्रमितको संख्या दुई लाख ९१ हजार ५ सय ८८ रहेको छ । यहाँ संक्रमितमध्ये १२ सय ६९ जना मात्रै उपचारपछि निको भएका छन् ।

रुसमा चार लाख ९३ हजार २३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६ हजार ३ सय ५० जनाको मृत्यु भएको छ ।
२ लाख ५२ हजार २ सय ९५ जना उपचारपछि निको भएका छन् ।

संक्रमितको संख्यामा भारत पाँचौ स्थानमा छ । भारतमा कारोना संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ८३ पुगेको छ ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ४५ पुगेको छ भने १ लाख ३५ हजार २ सय ६ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा २ लाख ४२ हजार २ सय ८० जना संक्रमित भएका छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।
इटालिमा २ लाख ३५ हजार ७ सय ६३ जना संक्रमित भएका छन् भने ३३ हजार १ सय १४ जनाको मृत्यु भएको छ ।


  •  
  •  
  •