काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण

56
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

नयाँ पुष्टि भएका संक्रमितमा काठमाडौंमा ३२ जना, ललितपुरमा पाँच जना र भक्तपुरमा एक जना रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा काठमाडौंका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पतालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक जना र ललितपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका तीन जना र ललतिपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ र ललितपुरमा १ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबर काठमाडौंमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा शुक्रबार देशभर थप २२४ जना कोरोना संक्रमण थपिएका छन् भने एक सय ५१ जना डिस्चार्ज भएका छन् ।


  •  
  •  
  •