गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ सय ६१ पुग्यो

284
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३६१ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका – १८ कास्कीका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।


  •  
  •  
  •