गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, १ सय १ जना निको

197
  •  
  •  
  •  

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ ।

नयाँ संक्रमितमा नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । २ प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै सङ्क्रमितहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।

यसैबीच गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १०१ पुगेको छ । शुक्रबार गोरखाका थप ९ जना उपचारपछि घर फर्किएका छन् । गण्डकीमा हालसम्म सङ्क्रमित २ जनाको ज्यान गएको छ ।


  •  
  •  
  •