कोरम नपुगेपछि सुशासन समितिकाे बैठक स्थगित

154
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।
सभापतिसहित १४ जना सदस्य भएको समितिको बैठकमा सभापतिसहित ५ जना मात्र सांसद उपस्थित थिए ।

बैठकमा भट्टसहित दिनानाथ शर्मा, कालीबहादुर मल्ल, खीमबहादुर बिक लगायतका सांसद उपस्थित थिए । बैठकमा भौतिक पूर्वाधार तथा यातायत मन्त्री वसन्त नेम्वाङलाई छलफलका लागि बोलाइएको थियो । छलफलका लागि मन्त्रीसहित मन्त्रालयका सचिव तथा सहसचिवको टोली निर्धारत समयमा नै समितिको कक्षमा पुगेका थिए ।

तर, बैठकमा समितिका सदस्य सांसदहरु नै उपस्थित नभएपछि मन्त्रीको टोली त्यतिकै फर्किएका थिए ।


  •  
  •  
  •