स्थानीय सरकारले थाल्याे ४१ जिल्लामा सहकारीकाे काम

572
  •  
  •  
  •  

काठमाडाैँका, ९ वैशाख (ओएनएस): स्थानीय सरकारले ४१ जिल्लामा सहकारीकाे काम कारवाहीलार्इ सञ्चालन गरकाे छ। देश संघीयतामा गएसँगै देशभरी नै स्थानीय सरकारकाे जन्म भएकाे हाे।

अा-अाफ्नाे जिल्लामा स्थानीय सरकारले संविधानले ताेकेकाे कामहरु गरी जनतालार्इ गाउँ गाउँमै सिंहदरबार पुगेकाे महशुस गराउने जिम्मेवारी पाएका छन्।

साेही अनुसार देशभरी नै संविधानले ताेकेका सरकारी कार्यालयहरु स्थानीय सरकारले अाफ्नाे मातहतमा लिने कामलार्इ तिब्रता दिएकाे छ।

कतिपय सरकारी कार्यालयहरु स्थानीय सरकारलार्इ हस्तान्तरण गरिसकेका छन् भने कतिपय सरकारी कार्यालय हस्तान्तरणकाे क्रममा छन्।

स‌ंविधानमा स्थानीय सरकार भनेर महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालार्इ ताेकेकाे छ।

साेही अनुसार सरकारले ४१ जिल्लाका डिभिजन सहकारी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गरेको जानकारी गराएकाे छ।

कृषि, भूमि तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले हालसम्म ४१ जिल्लाका डिभिजन सहकारी कार्यालय स्थानीय तहमा हस्तान्तरण भएको र आगामि जेठ महिनाभित्र सबै जिल्लाका सहकारी स्थानीय तहलाई हस्तान्तरण गर्ने बताएका छन्।

उनले भने,’सरकारले संघीय संरचना अनुसार सहकारी संस्थाहरु सञ्चालनको सम्पूर्ण अधिकार स्थानीय तहलाई हस्तान्तरण गर्दै २०७४ चैत २८ गतेबाट सम्पूर्ण डिभिजन सहकारी कार्यालयको खारेजी गरेको हाे।’

स्थानीय सरकारलाई सहकारी संघसंस्था दर्तादेखि नियमनलगायतका अधिकार दिइएको सचिव मैनालीले बताए। उनले भने, ‘संविधानमा सहकारीको दर्ता एवम् नियमनको अधिकार स्थानीय तहलाई दिएपछि मन्त्रालयले सहकारी विभाग र डिभिजन कार्यालयमा रहेको सहकारी कार्यक्रमका लागि छुट्याइएको बजेट पनि स्थानीय तहमा पठाएको छ।’

स्थानीय तहमा सहकारीको हस्तान्तरणले त्यहाँको आर्थिक विकासमा टेवा पुग्ने उनले बताए। उनले भने, ‘स्थानीय सरकारले सहकारीलाई प्राथमिकतामा राखेर अगाडि बढ्यो भने आर्थिक वृद्धि गर्न सकिनेछ। साथै, स्थानिय सरहकारलाई सहकारीको महत्व बुझाउन केन्द्रीय सरकारले पहल गर्नुपर्ने छ।’

हाल देशभर ३४ हजार ५ सय १२ बचत तथा ऋण सहकारी संस्थाहरु सञ्चालनमा छन्।


  •  
  •  
  •