कोलम्बियाले इक्वेडरलाई हरायो

136
  •  
  •  
  •  

एजेन्सी । कोपा अमेरिका फुटबलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ । कोलम्बियाले इक्वेडरलाई १–० गोलले हराएको हो । उसका लागि खेलको ४२ औं मिनेटमा इड्विन कार्डोनाले गोल गरे ।

खेलको धेरै समय कोलम्बियाले इक्वेडरमाथि दबाब बनाएको थियो । समूह ‘ए’ मा कोलम्बिया, ब्राजिल, पेरु, इक्वेडर र भेनेजुएला रहेका छन् । साेमबार बिहान सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको छ । ब्राजिलका लागि  नेयमार,  ग्रावियल बार्वोसा र मोरक्विनोले गोल गरे ।


  •  
  •  
  •