अन्तिम १६ मा रियल र एथलेटिको म्याड्रिड भिड्ने

313
  •  
  •  
  •  

काठमाडौं, ४ पुस (एजेन्सी) बिहिबार राति सम्पन्न स्पेनिस कोपा डेल रेकोे दोश्रो लेगमा एथ्लेटिको म्याड्रिडले होस्पिटालेटसँग २–२ को बराबरी खलेको छ ।

खेलसंगै एथ्लेटिको म्याड्रिड अन्तिम १६ मा प्रवेश गरेको छ । अब अघिल्लो चरण प्रवेशका लागि चिरप्रतिद्धन्द्धी डिफेण्डिङ च्याम्पियन रियल म्याड्रिडसँग खेल्नेछ । पहिलो लिग एथ्लेटिकोले ३–० ले जितेको थियो र समग्रमा ५–२ ले विजयी भयो ।

एथ्लेटिकोले १९ औं मिनेटमा मारियो मान्जुकिजको गोलबाट अग्रता लियो । मान्जुकिजले वान भर्सेज वानमा गोल गरेका थिए । तर, अल्काराजले ६४ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको ७४ औं मिनेटमा मान्जुकिजले दोश्रो गोल गरे भने ८४ औं मिनेटमा अल्काराजले पनि गोल गरेपछि खेल बराबरीमा सकियो ।


  •  
  •  
  •