कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई

91
  •  
  •  
  •  


एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनलमा घरेलु टोली ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पहिलो ठूलो उपाधि जित्न सफल भए ।

खेलको २३ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् ।

सन् १९९३ मा कोपाको उपाधि जितेपछि अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेल्दा सधैं उपविजेतामा सिमित हुन पुगेको थियो ।


  •  
  •  
  •