कोपा अमेरिकाको उपाधि ब्राजिललाई

56
  •  
  •  
  •  

एजेन्सी । ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको छ । पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले उपाधि जितेको हो ।
रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनल खेलमा ग्याब्रियल जेससले एक गोल, एक एसिस्ट र त्यसपछि रातो कार्ड पाएर बाहिरियो ।

पाउलो गुएर्रोले पहिलो हाफमा गोल गर्दै पेरुलाई आशा जगाएका थिए । तर, जित भने दिलाउन सकेनन् ।
खेलको १५औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।

उनले जेससको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा पेरुले पेनाल्टी पायो । टियागो सिल्भाले डि एरियामा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई पाउलो गुएर्रोले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए ।

इन्ज्युरी समयमा जेससले गोल गर्दै ब्राजिललाई पहिलो हाफअघि २–१ को अग्रता दिलाए ।
खेलको ७० औं मिनेटमा कार्लोस जाम्ब्रानोलाई फाउल गरेका कारण जेससले दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ब्राजिल बाँकी २० मिनेट १० खेलाडीमा झरेको थियो ।

९० औं मिनेटमा जाम्ब्रानोले एभर्टनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पायो ।  पेनाल्टीलाई सब्स्टिच्युट खेलाडी रिचार्डलिसनले गोलमा परिणत गर्दै ब्राजिलले उपाधि जित्यो ।
ब्राजिलको समग्रमा यो नवौं कोपा उपाधि हो ।


  •  
  •  
  •