एलएलसीमा परीक्षा नियन्त्रण कार्यालय सुनसान, प्रविधिको प्रयोग अत्याधिक, हेर्नुहोस् फोटोफिचर

454
  •  
  •  
  •  

काठमाडौ, ४ असार(ओएनएस)  :  प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षा प्रकासन गर्ने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरमा शुक्रबार कर्मचारी र पत्रकारको बाक्लै उपस्थिति थियो ।

दिउँसो साढे एक बजे परीक्षाको नतिजा प्रकाशनसँगै परिक्षा नियन्त्रण कार्यालयमा सुनसान बन्दै गयो । यसअघि जस्तो परीक्षाफलको नतिजा भित्तामा टाँसिएन । केहि वर्षअघिसम्म परीक्षा नियन्त्रण कार्यालमा नतिजा सुन्न तथा हेर्न आउनेको भीड लाग्ने गरेको थियो । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्थ्यो।

तर प्रविधिको विकाससँगै मानिसहरु परीक्षाको नतिजा थाहा पाउन फोन र इन्टरनेटमा झुम्मिन थालेका छन् । प्रविधिको प्रयोगसँगै एलएलसीको परीक्षा फोन र इन्टरनेटमा भाइरलको रुपमा फैलदो छ ।

 slc result6 slc result slc result5 slc result4 slc result3 slc result2 slc result1


  •  
  •  
  •