चीनलाई मनाउन भारतमै अड्कियोे धर्मगुरुको शव

83
  •  
  •  
  •  

सरकारले हतार गरेको नेपाली सेनाको निश्कर्ष

राष्ट्रपतिलाई मनाउन गृहमन्त्रीको आग्रह

नेपाल ल्याउन सभासदको लविङ

सरोज दाहाल/मदन कोइराला
काठमाडौं, ३१ असार (ओएनएस) । भुटानमा जन्मेर नेपाली भूमिमा प्रसिद्धि कमाएका धर्मगुरु श्यामार्पा रिम्पोछेको शव नेपाल ल्याउने बिषयमा राज्यका विभिन्न निकाय देखि छिमेकी देश सम्ममा चर्चाको बिषय बनेको छ ।

नेपाल सरकारले कानूनलाई देखाउदै शव ल्याउन स्विकृति नदिए पछि नेपालमा सरकारी निकायमा एक अर्का बीच ‘ठूलो लफडा’ भएको छ ।

जेठ २८ गते जर्मनीमा हृदयघातका कारण निधन भएका ६१ वर्षीय धर्म गुरु श्यामार्पा रिम्पोछले आफ्नो अन्तिम संस्कार नेपाल मै गर्ने इच्छा देखाएका थिए । तर उनको शव नेपाल ल्याउने विषयमा भने राज्यका अंग बीच पनि मतभेद देखिएको छ ।

गृहमन्त्रालय र परराष्ट मन्त्रालय धर्म गुरुको शव नेपाल ल्याउन नहुन पक्षमा रहेका छन भने नेपाली सेनाले भने शव नेपाल ल्याउँदा केही फरक नपर्ने पक्षमा देखिएको छ ।

भुटानका प्रधानमन्त्रीले समेत नेपाल सरकारलाई औपचारिक पत्र लेखेर धर्मगुरुको शव नेपाल ल्याएर अन्तिम संस्कार गरिदिन नेपाल सरकारसँग आग्रह गरिसकेका छन् ।

तर गृह मन्त्रालयले भने कानुनी आधार देखाएर शव नेपाल ल्याउन नमल्निे बताएको छ । सरकारले रिम्पोछेको शव नेपाल ल्याउन रोक लगाएपछि नेपाली सेनाले छानविन गरेको थियो । सेनाको छानविन रिपोर्टमा गृहमन्त्रालयले हतारमा निर्णय गरेको उल्लेख छ ।

रिम्पोछेको विषयमा बुझ्न स्थानीय प्रशासनलाई लगाउनुपर्नेमा गृह आफैं सरेर निर्णय गर्दा अहिलेको समस्या देखिएको सेनाले आफ्नो रिपोर्टमा उल्लेख गरेको स्रोतले बतायो । सरकाले भने रिम्पोछेको दलाई लामासँग सम्बन्ध भएको हुन सक्ने भन्दै उनको शव नेपाल ल्याउन रोक लगाएको बताइएको छ ।

जेठ २८ गते जर्मनीमा हृदयघातका कारण निधन भएका ६१ वर्षीय धर्म गुरु श्यामार्पा रिम्पोछले आफ्नो अन्तिम संस्कार नेपाल मै गर्ने इच्छा देखाएकोले शव नेपालमा समाधी गर्न उनका अनुयायीले सरकारसँग माग गरेका हुन् ।

तर, सरकारले भने विदेशीलाई नेपालमा दाहसंस्कार गर्ने कानुन भएको भन्दै उनको शव नेपाल ल्याउन नमिल्ने अडान लिइरहेको छ । बौद्ध धर्ममा कर्मपा पछिको दोस्रो धर्म गुरुका रुपमा श्यामार्पा रिम्पोछेलाई मानिन्छ ।

रिम्पोछेको काठमाडौंको रानीवनमा ८० रोपनी जमिनमा बौद्ध गुम्बा स्थापना गरेका छन् । उनी स्यार्मिनुव फाउन्डेशनका संरक्षक र योल्मोकाग्यु साङाग् लाछोगहाका प्रमुख संरक्षकसमेत हुन् ।

रिम्पोछेले स्थापना रानीवनको गुम्बामा उनको समाधि राख्न आइतवार पार्थिक शरीर काठमाडौं ल्याउने तयारी भएको थियो ।  सोको जानकारी उनका अनुयायीले बिहीवार नै प्रशासनलाई गराएका थिए ।

प्रशासनलाई जानकारी गराउने क्रममा उनीहरुले आइतवार पार्थिक शरीर काठमाडौं ल्याउने र उनको शव यात्रामा ४० हजारको उपस्थिति हुने जानकारी गराएका थिए ।

स्रोतका अनुसार उक्त जानकारी पाएलगत्तै शुक्रवार गृहसचिव सुर्य सिलवाल र परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले सचिवस्तरीय निर्णय गरेर उनको शव ल्याउन प्रतिवबन्ध लगाइएको उच्च सरकारी स्रोतले जानकारी दियो ।

सरकारलाई कानूनभन्दा तिब्बतीको डर !

रिम्पोछेको शवमा चिनिया दुतावासले पनि चासो ब्यक्त गरे पछि सरकार थप अप्ठ्यारोमा परेको हो ।

चिनिया दुतावासले रिम्पोछेको शवको अन्त्यस्टीको नाममा स्वतन्त्र तिव्वत पक्षधर पनि सँगै नेपाल आउने र चिन बिरोधी गतिविध हुसक्ने भन्दै त्यसमा आफ्नो सरोकार रहेको कुटनीतिक भाषामा सरकारलाई भनिसकेको सरकारी एक उच्च अधिकारी बताउनछन् ।

चिनिया चासोपछि गत शुक्रवार साँझ मन्त्रिपरिषदको बैठक यस बिषयमा केन्द्रीत भएको थियो ।

जसको निणर्य शवलाई नेपाल ल्याउन रोक लगाउने थियो । सरकारले सो निर्णय गरेपछि नेपाली सेनाले रिम्पोछेको सम्बन्धको विषयमा अनुसन्धान गरेको थियो ।

छानवीन गरेर सेनाले रिपोर्ट बनायो 

स्रोतका अनुसार सेनाको रिपोर्टमा गृहमन्त्रालयले हतारमा निर्णय गरेको उल्लेख छ । उनको विषयमा बुझ्न स्थानीय प्रशासनलाई लगाउनुपर्नेमा गृह आफैं सरेर निर्णय गर्दा अहिलेको समस्या देखिएको सेनाले आफ्नो रिपोर्टमा उल्लेख गरेको स्रोतले बतायो ।

विसं २०६७ मा काठमाडौंमा भएको प्रथम विश्वशान्ति पुजा रिम्पोछेका हातबाट भएको थियो । सो अवसरमा राष्ट्रपति डा. रामवरण यादव र तत्कालीन गृह एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार सहभागी भएका थिए ।

रिम्पोछेको शव नेपाल ल्याउन सरकारले रोक लगाएपछि उनका अनुयायीहरुले सभासद गोपाल दहितसँग सम्पर्क गरी शव ल्याउने वातावरण मिलाइदिन आग्रह गरेका थिए ।

उनीहरुको आग्रहपछि नौं जना सभासदहरुले गृहमन्त्री, गृहसचिवलाई भेट गरी शव ल्याउन वातावरण मिलाउन आग्रह गरिसकेका छन् । सभासद दहितका अनुसार गृहमन्त्री वामदेव गौतमले आफूहरुले हतारमा निर्णय गरेको भन्दै कांग्रेस नेताहरुसँग कुरा गर्न सल्लाह दिएका छन् ।

गृहमन्त्रीले उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंह, कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग कुरा गर्न सल्लाह दिएका छन् ।

गृहमन्त्रीको सल्लाह अनुसार उनीहरुले प्रकाशमान सिंहसँग कुरा गरिसकेका छन् । जसमा सिंह सकारात्मक रहेको दहितले जानकारी दिए । उनीहरुले नौ जना सभासदको हस्ताक्षरसहितको ज्ञापनपत्र गृहमन्त्रीलाई बुझाएका छन् । बुधवार राष्ट्रपतिलाई सो विषयमा जानकारी गराइ सकेका छन् ।

सोमवार नौ जना सभासदहरुले राष्ट्रपति डा. रामवरण यादवलाई भेट गरी रिम्पोछेको शव नेपाल ल्याउने वातावरण बनाईदिन आग्रह गरेका थिए । जवाफमा राष्ट्रपतिले आफूले सम्बन्धीत निकायसँग परामर्श गर्ने आश्वासन दिएका छन् ।

रिम्पोछेको शव भुटानका राजपरिवारको इच्छा अनुसार गत आइतवार थिम्पु लगी त्यहाँबाटै सिधै काठमाडौंको रानीवनस्थित शव पहिला भुटानमा राखिएको थियो भने अहिले भारतको कालिम्पोङस्थित बौद्धधर्म केन्द्रमा राखिएको छ ।


  •  
  •  
  •