साउन देखि रोडा गिट्टी निकासीमा रोक

124
  •  
  •  
  •  

काठमाडौं, ३असार (ओएनएस) सरकारले आगामी साउन १ गतेदेखी नेपालवाट रोडा, गिटि र बालुवा निकासीमा रोक लगाउने भएको छ ।  चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित उत्खलनले पर्यावरणमा असर परेको भन्दै सरकारले गिट्टी निकासीमा प्रतिबन्ध लगाएको हो ।

व्यबस्थापिका संसदको आज बसेको बैठकलाइ संवोधन गर्दै बन तथा भूः संरक्ष्णण मन्त्री महेश आचार्यले साउन १ गतेदेखी रोडा, गिट्टी निकासीमा रोक लगाउने निर्णय भएको बताएका हुन ।

नेपालको कुल क्षेत्रफलको १२ दशमलव ८ प्रतिसत क्षेत्रफल ओगटले चुरे क्षेत्र संवेदनशील क्षेत्र रहेकोले यसको संरक्षणका लागि सरकारले विशेष जोड दिएको आचार्यले बताए । सरकारले राष्टपति चुरे संरक्षण कार्यक्रमको नाम परिवर्तन गरेको जनाएको छ ।

मन्त्रीपरिषदको सोमबारको बैठकले ‘राष्ट्रपति चुरे–तराइ–मधेश संरक्षण कार्यक्रम’ नामाकरण गरेको मन्त्री आचार्यले बताए । ‘राष्ट्रपति चुरे–तराइ–मधेश संरक्षण कार्यक्रम’को सफल कार्यान्वयका लागि विकास समिति गठन गरी त्यसको संयोजकमा पूर्व सचिव रामेश्वर खनाललाइ तोकिएको मन्त्री आचार्यले जानकारी गराए ।


  •  
  •  
  •