पेट्रोलियम पदार्थको अनियमितता रोक्न उजुरी

370
  •  
  •  
  •  

काठमाडौं, १९ असार (ओएनएस) । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको अमलेख गञ्ज डिपोमा भएको अनियमितताको छानविन गरी दोषिलाई कारबाही गर्न भन्दै उजुरी दिएको छ । सो डिपोमा धेरै पटक अनियमितताका घटना सार्वजनिक भएकोले सरकारका मुख्य सचिब समक्षा उजुरी दिइएको हो । मञ्चले उजरीमा शंकास्पद क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाहीको माग गरेको छ ।

इन्धन खरिद गर्ने पम्पहरूले निगमको अमलेख गञ्ज डिपोबाट प्रति ३ हजार लिटरमा ५० लिटर भन्दा बढी तेल ‘शर्टेज’ भएर आउने गुनासो गर्ने गरेको मञ्चले जानकारी दिएको छ । यस विषयमा पटक–पटक आउने गरेको लिखित तथा मौखिक रुपमा गुनासो व्यवस्थापन गर्नका लागि निगमलाई पहल गरे पनि सुनुवाइ नभएको सो निवेदनमा उल्लेख छ । त्यस्तै निगमको उक्त डिपोस्थित कार्यालय प्रमुख भानु खनाललगायत कर्मचारीलाई टावर क्यालिब्रेशनका लागि अनुरोध गर्दासमेत विगत ५ महिनादेखि क्यालिब्रेशन गर्न नदिएको मञ्चले बताएको छ ।


  •  
  •  
  •