माघ ८ मै संविधान जारी गर्ने पुर्नप्रतिबद्धता

411
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) :  नयाँ संविधानका अन्तरबस्तुमा सहमति जुटाउने जिम्मा पाएको संवैधानिक, राजनीतिक, संवाद तथा सहमति समितिले आगामी माघ ८ गते भित्रै संविधान जारी गर्ने प्रतिवद्धता दोहो-याएको छ ।

संसद सचिवालय सिंहदरबारमा बुधवार बसेको समिति बैठकमा माघ ८ मा संविधान जारी गर्ने कार्यतालिका प्रभावित नहुनेगरी बिबादिद बिष्गायमा सहमति खोज्ने निर्णय गरेको हो । बैठकमा समिति सभापति डा बाबुराम भट्टराईले बिभिन्न सशस्त्र समूह र ‘ट्रयाक टू’ मार्फत दलहरुबीच भइरहेको सहमतीय प्रयासबारे जानकारी गराएका थिए ।

बैठकमा संविधान लेखनका लागि अहिलेसम्म भएका सहमति तथा प्रगतिको समीक्षागर्दै सहमति गर्न बाँकी विषयमा छिटै सहमतिका आधार टुंग्याएर समयमै संविधान जारी गर्ने सबै नेताहरुले प्रतिबद्वता जनाएका थिए ।

बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल सकारात्मक ढंगले अघि बढेको बताए । बिबादित मुख्य बुदामा शीर्षतहमा छलफल गरेर छिटै टुंगो लगाइने र सहमतिकै आधारमा समयमै संविधान आउने उनले विश्वास दिलाए ।

संविधान लेखन कार्यतालिका अनुसार भदौ १५ सम्म सबै बिबादित बिषयमा सहमति कायम गर्नु पर्नेछ । राजनीतिक संवाद समितिले सहमति कायम गर्न नसक्दा संविधानको मस्यौदा गर्ने जिम्मा पाएको संविधान मस्यौदा समिति बिजनेस बिहिन बनेको छ ।


  •  
  •  
  •