आक्रमणकारीलाई कारवाहि गर्न निर्माण व्यावसायी महासंघको माग

150
  •  
  •  
  •  

काठमाडौं, ६ फागुन (nirmanओएनएस)  : नेपाल निर्माण व्यवसायी महासंघले आफना सदस्यहरुमाथि भौतिक आक्रमणका घटना लगातार बढिरहेकोमा आपत्ति जनाउँदै दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।

महासंघका साधारण सदस्य तथा नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेत संघ कार्य समितिका सहसचिव मिस्टर कार्लमाक्स श्रेष्ठमाथि आक्रमण गर्ने दोषीहरु अझै पक्राउ नपरेको भन्दै महासंघले आपत्ति जनाएको छ ।

रजिता निर्माण सेवाका प्रोपाइटर समेत रहनु भएका श्रेष्ठमाथि मंगलवार विहान सुर्खेतस्थित आफनै निवासबाट निस्कदै गरेको अवस्थामा सांघातिक आक्रमण भएको महासंघले जनाएको छ ।

 अपरिचित ३–४ जनाको संख्यामा रहेका आक्रमणकारीले तरवार प्रहार गरी श्रेष्ठको देव्रेहात काटी छिनाली दिएका थिए । सुर्खेतबाट हेलिकोप्टरबाट ल्याई श्रेष्ठको अहिले राजधानीको ग्रयाण्डी अस्पतालमा उपचार भइरहेको महासंघले जनाएको  छ ।

घटना भएको ४८ घण्टा भन्दा बढी भइसकेको अवस्थामा पनि आक्रमणकारी पक्राउ नपर्नुले आम जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिन सरकार सफल नभएको पुष्टि भएको महासंघले ठहर गरेको छ ।

 महासंघका महासचिव रामशरण देउजाले विज्ञप्ती बुधवार विज्ञप्ती जारी गर्दै सरकारले यस घटनालाई गम्भीरतापुर्वक नलिई दोषीलाई कार्वाही नगरे महासंघ कडा कदम चाल्न बाध्य हुने बताउनु भएको छ । महासंघले श्रेष्ठको उचित उपचारको प्रबन्ध मिलाउन समतेर सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्र विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका निर्माण व्यवसायीहरुको कार्यक्षेत्रमा अल्पकालीन तथा दिर्घकालीन सुरक्षाको प्रत्याभुतिका लागि आवश्यक प्रबन्ध मिलाउन समेत महासचिव देउजाले विज्ञप्ती मार्फत जोडदार माग गर्नु भएको छ ।


  •  
  •  
  •