निर्माण व्यवासायी महासंघमा नयाँ नेतृत्व आउँदै, प्रजातान्त्रीक खेमाबाट कोइरालको उम्मेदवारी

343
  •  
  •  
  •  

Humnath koiralaकाठमाडौं, २१ मंसिर (ओएनएस) : राजधानीमा यही साता हुन गइरहेको नेपाल निर्माण व्यवसायी महासंघको १७ औ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि व्यवसायीहरु आ–आफनो एजेण्डा सहित चुनावी मैदानमा ओर्लिएका छन् । प्रजातान्त्रीक खेमाबाट हुमनाथ कोइरालाले आफनो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

निर्माण व्यवसायी संघ स्याङजाको प्रस्तावमा उम्मेदवारी दर्ता गर्नु भएका कोइरालालाई भक्तपुर जिल्लालेऔपचारिक समर्थन गरिसकेको छ भने विभिन्न जिल्लाबाट उहाँको पक्षमा समर्थन आउने क्रम पनि जारी रहेको छ । दुई दशक अघि देखि निर्माण व्यवसायमा संलग्न कोइराला हाल बिकोइ बिल्डर्स प्रालिका अध्यक्ष हुनुहुन्छ । सिभिल इन्जिनियरिङमा डिप्लोमा तथा एमबीए समेत गर्नु भएका कोइरालाको नेतृत्वमा मुलुकमा धेरै ठुला परियोजनाहरु सम्पन्न भइसकेका छन् । कोइरालाको नेतृत्वको कम्पनीले अहिले सम्म सहजपुर – डडेलधुरा सडक, इलाम–फिदिम सडक लगायतको निर्माण कार्य पुरा गरिसकेको छ ।

राजधानीको सानो गौचरणमा सुविधा सम्पन्न केएल रेसिडेन्सी हाउजिङ सहित चितवनमा बोटलर्स् नेपाल र नवलपरासीको गैडाकोटमा गोर्खा ब्रुअरीको सुविधा सम्पन्न कारखानाहरु पनि कोइराला नेतृत्वको कम्पनीले तयार गरेको छ । उनकै अग्रसरतामा मुलुकमा प्रमुख व्यापारीक केन्द्रहरुमा अत्याधुनिक होटलहरु निर्मण भइरहेको छ । त्यस्तै मध्य मस्र्याङदी परियोजनामा कार्यरतहरुका लागि आधुनिक क्याम्पहरु पनि कोइरालाकै पहलमा बनेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीबाट प्रभावित कोइराला निर्माण व्यवास क्षेत्रलाई मर्यादित तथा व्यवासयीक बनाउनु आफनो पहिलो एजेण्डा भएको बताउनुहुन्छ ।

आफु एउटा राष्ट्रसेवक व्यवसायी भएको बताउने कोइरालाले आफुले महासंघको नेतृत्व गर्ने मौका पाएमा महासंघका नीति नियमलाई समय सापेक्ष रुपमा परिमार्जगरी व्यवसायीहरुको हक हितका लागि लड्ने जानकारी दिनुभया । विभिन्न श्रेणीका गरी मुलुकमा अहिले १७ हजार भन्दा बढी व्यवसायी रहेको जानकारी दिँदै कोइरालाले उनीहरुलाई राज्यले हेर्ने व्यवहारमा अझै परिवर्तन आउन नसेको बताउनुभयो ।

सरोकारवालाहरुसँग समन्वय गरी निर्माण व्यवसायीहरुलाई राष्ट्रहितमा समर्पित गराउनु आफनो प्रमुख एजेण्डा रहेको पनि कोइरालको भनाइ रहेको छ । अग्रजहरुको आर्शिवाद तथा युवाहरुको साथ सहित आफु निर्माण व्यवासय क्षेत्रमा लगातार क्रियाशील रहेको बताउने कोइराला यसपटक आफनो जित सुनिश्चित रहेको बताउनुहुन्छ ।

विभिन्न देशका अग्रणी व्यवसायीहरुसँग अनुभव साटासाट गर्ने क्रममा कोइरालाले अमेरिका, सिंगापुर, मलेसिया, थाइल्याण्ड सहित युरोपका प्राय सबै देशहरुको भ्रमण गरिसक्नु भएको छ । कोइरालाको प्यानलबाट महासचिवमा भक्तपुरका रामशरण देउजाले उम्मेदवारी दिनु भएको छ । महासंघको सत्रौ महाधिवेशन यही मंसिर २६ देखि राजधानीमा सुरु हुँदैछ ।


  •  
  •  
  •