संविधान माघ ८ मै आउछ : सचिव ज्ञवाली

447
  •  
  •  
  •  

pradeep gyawaliभक्तपुर, १९ पुस : नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले तोकिएको समय माघ ८ गते संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । राजनीतिक दलहरूले निर्वाचनका बेला जनताका सामु गरेका प्रतिबद्धता अनुसार जसरी पनि तोकिएको समयमै संविधान जारी गर्नु पर्ने उनले बताए ।

नेकपा एमाले तोकिएको समयमा संविधान जारी गर्ने विषयमा लागिरेको बताउँदै संक्रमणकाल लम्बाउन नहुने सचिव ज्ञावलीको भनाई छ । उनले भने, “यदि संक्रमणकाल लम्बदैं जाने हो भने देशमा धर्मका नाममा राजनीति शुरु हुने र त्यसले देशलाई विखण्डनको दिशातर्फ लाने छ ।”

संविधान जारी गर्दा सत्प्रतिशत बिषयमा सहमति हुन नसकेपनि संविधान जारी गर्न दलहरुबीच कुनै चुनौती नभएको उनले बताए । संघियताको नाममा जातियता लगायतका कुराहरुमा एमाओवादी र मधेशी केन्द्रीत दलहरु केही लचक हुनुपर्ने उनको भनाई छ ।

माघ ८ गते संघियताबाहेकका सबै बिषयमा सहमति गरेर भएपनि संविधान तोकिएकै समयमा जारी गर्नुपर्ने उनको भनाई छ । मुलुक संघियताबाट बाहिर जान सक्ने अबस्था नभएको भन्दै नेपाल संघियतामा गईसकेको उनले बताए ।

नेकपा एमालेले २०४७ सालको संविधान निमार्णकै बेला राजतन्त्र र संघियताको विषयमा जनमत संग्रह पक्षमा वकालत गरेको भएता पनि त्यस तर्फ ध्यान दिन नसक्दा समस्या बल्झदै गएको उनको टिप्पणी थियो ।

संविधान गणितिय आधारबाट भए पनि जारी गर्न सकिने प्रवाधान रहेकाले निर्धारित समयमा संबिधान जारी गर्ने आशा रहेको बताए ।

संविधान निमार्णका लागि एमाओवादीले बखेडा झिकिरहेको भन्दै संवाद समितिले समेत संविधान निमार्णमा उठेका बिषयमा सहमति गराउन नसक्दा सभाभुखले ड्राफटको लागि अग्रसरता देखाएको र यसलाई अन्य अर्थ लगाउनु नहुनेमा उनको जोड थियो ।

नेकपा एमालेले संघियताको नाममा र जातिय राज्यका विषयमा सहमति गर्न नसकिने उहाँको भनाई थियो । माओवादिले जातिय राज्यको अवधारणालाई अगाडी सार्दा र मधेशबादी दलहरुले संघियतामा जाँदा मधेश र पहाडा टुक्राउने खालको अवधारणालाई नत्यागे सम्म सम्यस्या समधान नहुने र यसले देशै टुक्राउन सक्ने उनको भनाई थियो ।

संविधान जारी पछि मात्रै पाँच पदका बारे निर्णय हुने भएकाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखको र उपसभामुखका बारे निर्वाचन प्रक्रिया अघि बढने ज्ञवालीको तर्क थियो ।


  •  
  •  
  •