नयाँ संविधानको मस्यौदा लेखन प्रक्रिया सुरु

406
  •  
  •  
  •  

काठमाडौं, ३ असार (ओएनएस) । नयाँ संविधानको मस्यौदा लेखन प्रक्रिया सुरु भएको छ । संविधानसभा अन्र्तगतको संविधान मस्यौदा सहिमितले पाँचवटा उससमिति गठन गरेर मस्यौदा लेखनको प्रक्रिया सुरु गरेको हो ।

मस्यौदा समितिको मंगलबार बसेको बैठकले उपसमिति गठनसँगै ती समितिका संयोजनक चयन चयन गरेको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासम्बन्धी व्यवस्थाका लागि उसमिति गनठ गरेको हो । बैठकले कार्यपालिका उपसमितिको संयोजकमा भरतमोहन अधिकारी, न्यायपालिका उपसमितिमा हितराज पाण्डे र न्यायपालिकासम्बन्धी उपसमितिको संयोजकमा रमेश लेखकलाई चयन गरेको छ । विषयगत रुपमा नयाँ संविधानको मस्यौदा समितिको पूर्णबैठकमा प्रस्तुत गर्ने गरी उपसमितिले मस्यौदा तयार पार्नेछ । उक्त समिति अन्र्तगत अन्य मौलिक हक र आयोग उपसमिति र प्रस्तावना, नागरिकता, परिभाषासमेतको कार्यक्षेत्र रहेको प्रारम्भिक उपसमति पनि गठन गरिएको छ ।

नयाँ संविधानमा दलहरुबीच सहमति भएका विषयमा उपसमितिको सहयोगमा मस्यौदा समितिले प्रारम्भिक मस्यौदा तयार पार्नेछ । यसरी समितिले तयार गरेको मस्यौदा संविधानसभाको पूर्णबैठकमा छलफल भई पारित भएपछि राय सुझावका लागि जनताममक्ष पु¥याइने भएको छ । उपसमिति र पूर्ण समितिले यो काम संविधान लेखनका लागि संविधानसभाले पारित गरेको कार्यतालिकाभित्र रहेर गर्नेछ । समितिलाई पनि निरन्तर काम दिन सहमति भएका विषयको आंशत प्रतिवेदनसमेत दिन सक्ने व्यवस्था मिलाएको छ । विषयगत रुपमा कामको बाँडफाँड गरेर मस्यौदा तयारीको काम छिटो छरितोसँग अगाडि बढाउने र संविधान लेखनको कामले तीव्रता पाउने न्यायपालिका उपसमितिका संयोजक रमेश लेखकले जानकारी दिए । लेखकका अनुसार अघिल्लो संविधानसभाका विषयगत समितिमा दलहरुबीच सहमति भएका विषयवस्तुबाट मस्यौदा तयारीको कार्य थालिनी हुनेछ ।


  •  
  •  
  •