संविधानसभा बाहिर रहेको माओवादीले सार्वजनिक गर्यो संविधानको खाका(पूर्ण पाठसहित)

250
  •  
  •  
  •  

maiost vaidhyaकाठमाडौ, २५ मंसिर(ओएनएस) : संविधानसभा भन्दा बाहिर रहेको नेकपा-माओवादीले संविधानको खाका सार्वजनिक गरेको छ । संविधान निर्माण प्रक्रिया प्रति नै असन्तुष्टि जनाइरहेको माओवादीले १४ प्रदेश सहितको संविधानको खाका बिहीबार सार्वजनिक गरेको हो ।

माओवादीले प्रदेशहरु जतिय पहिचानका आधारमा बनाउनुपर्ने पनि प्रस्ताव गरेको छ । संविधानको खाका जारी गर्दै अध्यक्ष् मोहन वैद्यले आफ्नो प्रस्ताव अनुसार संविधान बनाउन माग गरे । उनले पुरानै ढाँचामा संविधान ल्याए सडकबाटै जन संविधान जारी गर्ने चेतावनी दिए । माओवादीले एक सदनात्मक व्यवस्था, आदिवासी, जनजाति, महिला, मधेसी र अन्य सिमान्तकृतलाई १० प्रतिशत विशेष अधिकार प्रदान गरिने उल्लेख छ ।

सिमान्तकृत वर्गले राज्यसत्ताको अभ्यास गर्न पाउने गरी प्रस्ताव गरिएको अध्यक्ष बैद्यले जानकारी दिए । १८ वर्ष उमेर पुगेका नागरिकलाई सैनिक तालिमको प्रावधान समेत माओवादीको प्रस्तावमा उल्लेख गरिएको छ ।

‘संविधानसभाले पूरानै ढाँचाको संविधान ल्याउन लागीएको छ’ आफ्ना खाका सार्वजनिक गर्दै वैद्यले भने, ‘यो तरिकाले संविधान ल्याए समस्या समाधान गर्दैन, हामी जनसंघर्षबाट जनसंविधान ल्याउछौ । सर्वपक्षीय राजनीतिक सभामा संविधानको खाका पेश गर्ने तयारीमा रहेको माओवादीले दलहरुले उसले भने अनुसारको सभागर्न तयार नभएपछि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि खाका बाहिर ल्याएको हो ।

नेकपा–माओवादीको जनसंविधान सम्बन्धी आधारभूत अवधारणाको पूर्ण विवरणको लागि यहाँ क्लिक गर्नुहोस् 

 


  •  
  •  
  •