संवैधानिक परिषदमा फेरि कुरा मिलेन

176
  •  
  •  
  •  

singhdarabar01काठमाडौं, १२ फागुन (ओएनएस) :  लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियक्ति सिफारिसको लागि मंगलबार बसेको संवैधानिक परिषद्को बैठक विनाउपलब्धि सकिएको छ ।

प्रधानमन्त्री कार्यालय संहदरबारमा बसेको बैठकमा सत्तापक्ष र विपक्षी दलबीच भागभण्डा मिल्न नसक्दा मंगलबार पनि संवैधानिक निकायमा पदाधिकारी नियुक्तीको सिफारिश हुन नसकेको हो ।

बैठकमा लोकसेवा आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिसका विषयमा छलफल भएको थियो । पाँच पदाधिकारी हुनुपर्ने लोकसेवामा अहिले जम्मा अध्यक्ष कयोदेवी यमी, सदस्यद्वय टीकादत्त निरौला र राजेन्द्रप्रसाद साहमात्र छन्, दुई सदस्य पद रिक्त हुँनुको अलावा अध्यक्षसहित तीनै जना पदाधिकारीको पदावधिसमेत सकिएको छ ।

परिषद्को सिफारिसपछि संसदीय सुनुवाइलगायतको प्रक्रियाका कारण झन्डै १५ दिनभन्दा बढी समय लाग्ने भएकाले पदाधिकारी सिफारिस गर्न ढिलाइ भइसेकेको भन्दै प्रधानमन्त्रीले बैठकको एजेन्डामा लोकसेवा आयोगसहितका संवैधानिक पदाधिकारी नियुक्तिको सिफारिस गर्ने राखिएको थियो ।

तर प्रमुख प्रतिपक्ष दलका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री कोइरालाबीच कसलाई नियुक्त गर्ने भन्ने विषयमा सहमति हुन सकेन ।

दोस्रो पटक प्रधानन्यायाधीशको विदेश भ्रणका कारण बैठक सरेको थियो । एमाओवादीले लोकसेवा आयोगको अध्यक्ष कयोंदेवी यमीलाई नियुक्त गर्नुपर्ने प्रस्ताव गरेको छ । बैठक बुधबार बस्ने गरी सकिएको हो ।


  •  
  •  
  •