संविधान संशोधनको कार्यसूची हटाइयो

118
  •  
  •  
  •  

काठमाडौँ, ५ माघ(ओएनएस) : व्यवस्थापिका संसदको आज बस्ने बैठकबाट संविधान संशोधन गर्ने कार्यसूची हटाइएको छ ।

सभामुख ओनसरी घर्तीसहित मंगलबार बसेको प्रमुख तीन दलको बैठकले संविधान संशोधन प्रक्रिया अगाडि नबढाउने र मधेसी मोर्चासँग सहमतिका लागि प्रयास जारी राख्ने निर्णय भएपछि संशोधनको कार्यसूची हटाइएको हो । संविधान संशोधनको प्रक्रिया आउँदो ७ गतेपछि मात्रै अघि बढ्ने भएको छ ।

मधेसी मोर्चासँग सहमति नभएपछि प्रमुख तीन दलको मंगलबार बसेको बैठकले संविधान संशोधन गर्ने कार्यसूचि हटाउन सभामुखसँग आग्रह गरेको थियो ।

संसद बैठक मंगलबार एक बजेका लागि बोलाइएको थियो । तर प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक बसेका कारण संसद बैठक झण्डै साँढे दुई घण्टा ढिला सुरु भएको थियो ।


  •  
  •  
  •