दिपावली मनाउन नमानेपछि प्रहरी जवानलाई मानसिक यातना

229
  •  
  •  
  •  

सप्तरी, ६ असोज(ओएनएस) : इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत एक प्रहरीले राजिनामा दिएका छन् । ईलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरी जवान रामचन्द्र यादवलाई दिपावली मनाउन दवाद दिँदै कुटपिट गरेर मानसिक यातना दिएपछि उनले राजीनामा दिएको स्थानीयहरूको भनाई छ ।

नेपालको संविधान २०७२ जारी भएपछि मनाउन लागिएको दिपावली मनाउन नमानेकै कारण उनलाई मानसिक यातना दिइएको स्थानीयले बताएका छन् । ‘मलाई जागिर चाहिँदैन् । घर पुर्याइदेऊ’ भन्दै प्रहरी जवान राजीनामा दिएर घरतर्फ गएको भारदहबासीहरुको भनाई रहेको छ ।

स्रोतले दिएको जानकारी अनुसार प्रहरी जवान यादवले मधेश विरोधी संविधान रहेको भन्दै दिपावली मनाउन नमानेपछि उनलाई नियन्त्रणमा लिएर कुटपिट गरी मानसिक यातना समेत दिईएको थियो ।

स्रोतका अनसुार अनुसार यादवले आफ्नो बुबा डाक्टर भएको उल्लेख गर्दै यस्तो जागिर नखाने भन्दै निस्किएका थिए ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी शिशिर कुमार कर्माचार्यले यादव ड्यूटीको समयमा अत्यधिक रक्सी पिएको र उनलाई मेडिकल गराउन लग्ने क्रममा भागेको बताए ।


  •  
  •  
  •