कांग्रेस केन्द्रीय समितिको बैठक अाज तेश्राे दिन पनि जारी

272
  •  
  •  
  •  

काठमाडौं, १२ चैत (अाेएनएस): नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अाज तश्राे दिनपनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले अाफ्नाे धारणा राख्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ब्यहोर्नुपरेको पराजयको कारण खोज्दै भावी रणनीति बनाउन गएको शुक्रबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षबीच विवाद बढेको छ ।

बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारी पछिको पहिलो वरियता क्रममा राख्ने प्रस्ताव गरेपछि संस्थापन पक्षको आलोचना भएको हो । सोमबार यहि विषयबाट बैठकलाई अगाडि बढाउने नेताहरुले बताएका छन् ।


  •  
  •  
  •