मधेसी मोर्चाका माग पुरा गराउन कांग्रेसले दवाव दिने

343
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर (ओएनएस) : नेपाली कांग्रेसले मधेसी मोर्चाका माग पुरा गराउन दवाव दिने भएको छ । सबै दलका मधेसी सभासदहरुसँग छलफल गर्ने र संविधान संसोधन विधेयक अघि बढाउन दवाव निर्णय गरेको छ । बिहान बसेको पदाधिकारी बैठकले सरकारले बनाएको राजनीतिक समितिमा नबस्ने तर माग पुरा गराउन दवाव अभियान चलाउने निर्णय गरेको हो ।

उच्चस्तरीय राजनीतिक समितिले बोलाएको वार्तामा पनि नजाने निस्कर्ष निकालेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उनले सीमांकनमा छलफल गर्न कांग्रेस तयार रहेको तर त्यसका लागि पार्टीमात्रै निर्णय नगरि सर्वपक्षीय रुपमा छलफल गर्नुपर्ने बताए । सरकारले गरेको नियुक्तिका विषयमा प्रमुख प्रतिपक्षदलसँग छलफल नगरेकाले नियुक्ति बदर गर्नुपर्ने निर्णय गरेको छ ।


  •  
  •  
  •