भक्तपुर, १ चैत्र(ओएनएस) : नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मीन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले महाधिवेशनसँगै कांग्रेसले संसदीय दलका नेता चयन गर्ने र तत् पश्चात ठूलो दलका हैसियतले राष्ट्रिय सरकारको नेतृत्व गर्ने दाबी समेत गरेका छन् ।
केन्द्रीय सदस्य विश्वकर्माले कांग्रेसको केन्द्रीय कमिटीले कांग्रेसका लोकप्रिय नेता खुमबहादुर खड्कामाथि शाही शासनकालमा पुर्वाग्राही रुपमा आरोप लगाउँदै खड्कालाई सजाय भोग्न बाध्य पारिएको दावी गरेका छन् ।
उनले सरकार कालोबजारीको संरक्षणमा लागेको आरोप लगाएका छन् । उनले कांग्रेस नेतृत्वको राष्ट्रिय सरकारले नै कालोबजारीको अन्त्य गर्ने बताएका छन् । तराई आन्दोलनमा देखिएका जायज मागको सम्बोधन गर्न कांग्रेस मात्र सक्षम रहेको भन्दै कांग्रेसकै पहलमा सबैखाले समस्याको समाधान हुने उनले बताए ।
कांग्रेसमा ६०/४० को भागवण्डाको अन्त्य भएको उनको दाबी गरे ।