अपडेट : २७ सय ५० मतको गणना, कसले कति मत ल्याए ?

253
  •  
  •  
  •  

काठमाडौँ, ३० फागुन(ओएनएस) : नेपाली कांग्रेसतर्फको केन्द्रीय सदस्यको खुला २५ सिटको लागि भएको मतदानको मतगणना आजका लागि सकिएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितितर्फको आजसम्म भएको मतगणनाका क्रममा २ हजार ७ सय ५० मतको गणना सकिएको छ ।

खुलातर्फको मतगणनामा शेखर कोइरालाको अग्रता कायमै रहेको छ । पछिल्लो मत गणना अनुसार शेखर कोइरालाले १ हजार ६१५ मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका छन् । यस्तै, खुमबहादुर खड्काले १ हजार ६०८ मत, प्रकाशमान सिंहले १ हजार ५७५ मत, प्रदीप पौडेलले १ हजार ५०६ मत, केबी गुरूङ १ हजार ५४७ मत प्राप्त गरेका छन् ।

कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको आजसम्मको मतको परिणाम सार्वजनिक हुँदा केन्द्रीय सदस्य जित्नका लागि १४ सय मत ल्याउनुपर्ने आकलन गरिएको छ । आजसम्म दुई तिहाई भन्दा बढी मतको गणना भइसकेको छ । दुई तिहाई मतको परिणामको अनुपातमा उम्मेदवारले मत ल्याउँदा १४ सय मत ल्याउने उम्मेदवार केन्द्रीय सदस्य पदमा विजयी हुने सम्भावना रहेको छ ।

१. शेखर कोइराला १६१५
२. खुमबहादुर खड्का १६०८
३. प्रकाशमान सिंह १५७५
४. प्रदीप पौडेल १५०६
५. कुलबहादुर गुरूङ १५४७
६. प्रदीप गिरी १५०२
७. धनराज गुरुङ १४९८
८. रमेश लेखक १४७८
९. बालकृष्ण खाँड १४७४
१०. महेश आचार्य १४६४
११. पूर्णबहादुर खड्का १४६३
१२. बलबहादुर केसी १४६३
१३. बिमलेन्द्र निधि १४५४
१४. रामशरण महत १४३२
१५. सुजाता कोइराला १४१५
१६. विश्वप्रकाश शर्मा १४१३
१७. शंकर भण्डारी १३५४
१८. एनपी सावद १३४३
१९. बद्रि पाण्डे १३१९
२०. गोपालमान श्रेष्ठ १३०८
२१. ज्ञानेन्द्रबहादुर कार्की १३००
२२. चन्द्र भण्डारी १२९५
२३. प्रकाशशरण महत १२९५
२४. नारायण खड्का १२९०
२५. मीनेन्द्र रिजाल १२६१
२६. उदय शमशेर राणा ११३३
२७. पद्मनारायण चौधरी ११३१
२८. जीप छिरिङ लामा ११०१
२९. डिना महालक्ष्मी उपाध्याय १०७३
३०. अशोक कोइराला १००३


  •  
  •  
  •