सत्तासिन  दुई दलको बैठक बस्दै

41
  •  
  •  
  •  

काठमाडौैं ९ भदौ (ओएनएस) :
सरकार सन्चालन, संविधान निर्माणका विषयमा देखिएको असझ्दारी हटाएरसहमति खोज्न सत्तासिन दलकोबैठक बस्दैछ । बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकमा राजदुत नियुक्ती, २६ सभासदको मनोनयन रसरकार गठनहुँदा भएको सात बुदे सहमतिका विषयमा छलफल हुनेछ । त्यस्तै एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन नगरे वार्तामा अडान दिएपछि त्यसको गठन प्रक्रिया लगायतका विषया छलफल हुने नेताहरुले जनाएका छन् ।

एमाले उपाध्यक्ष भीम रावलले संविधान निर्माणमा देखिने बाधासबै हटाउने गरि छलफल भइरहेको रआज पनि त्यसकै निरन्तरतामा छलफल हुने बताए । हिजो साँझ पनि दुई दलको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।, बैठकमा एमाओवादीको मागलाई गंभिरतापुर्वक लिँदै माग सम्बोधन गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय भएको छ । बैठकमा २६ सभासद नियुक्ती र विभिन्न मुलुकमा रिक्त राजदुत नियुक्तीकोलागि सहमति जुटाउन आज संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ ।

२६ सभासद नियुक्ती, राजदुत नियुक्ती र संविधानका विवादित विषयमा सहमति जुटाउन आइतवार बसेको प्रमुख तीन दलको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुनुपर्ने र त्यसको संयोजक आफूले पाउनुपर्ने दाबी गरेपछि बैठक विना निष्कर्ष टुंगिएको थियो ।


  •  
  •  
  •