कांग्रेस-एमाले बैठक बालुवाटारमा, नयाँ प्रस्ताव तयार हुने

115
  •  
  •  
  •  

काठमाडौं २६ चैत (ओएनएस) प्रमुख सत्तासिन दल नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिका लागि नयाँ प्रस्ताव तयार गर्ने भएका छन् । विपक्षी दल एमाओवादीले नयाँ ठोस प्रस्ताव ल्याएमात्रै वार्तामा बस्ने अडान लिएपछि दुईदलको तर्फबाट साझा नयाँ प्रस्ताव ल्याउन लागिएको हो ।

संघियतामा देखिएको विवादका विषयमा तीनवटा विकल्प अघि सारेर प्रस्ताव तयार गरिने एक नेताले जानकारी दिए । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा साझा प्रस्ताव बनाउने ती नेताले बताए ।

संघियतालाई बाँकी राखेर प्रक्रिया सुरु गर्ने, संघियता टुङ्गो लगाउने मिति तोकेर मस्यौदा खेलनको काम सहमतिमा नै सुरु गर्ने वा विवादित पाँच जिल्लाबारे सहमति जुटाउन अरु जिल्लालाई पनि प्याकेजमा राख्नेगरि प्रस्ताव तयार हुँदैछ । बिहान तयार हुने प्रस्तावका आधारमा सम्भवभए आजै एमाओवादीसँग छलफल हुनेछ ।

आजको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता सहभागी हुनेछन् । प्रधानमन्त्री कोइरालाले एमाओवादीसँग भएको छलफलमा भएको जानकारी गराएप्छि त्यस आधारमा कुराकानी हुने काङग्रेस प्रवत्ता दिलेन्द्रप्रसाद बडुल जानकारी दिए । हिजो प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका नेताहरुसंग प्रधानमन्त्री सुशील कोइरालाले छलफल गरेका थिए ।


  •  
  •  
  •