२२ जना सभासदको मनोनयन आइतवार, राजदुतमा कुरा मिलेन

46
  •  
  •  
  •  

काठमाडौं, ६ भदौ (ओएनएस) : २६ सभासद मनोनयन तथा विभिन्न मुलुकमा रिक्त राजदुत नियुक्ती लगायतका विषयमा सहमति खोज्न बसेको सत्तारुढ घटक कांग्रेस–एमालेको बैठक सहमति नजकि पुगेको छ । २६ सभासद मनोनयनका विषमया सकारात्मक कुरा भएपनि राजदुत नियुक्तीका विषयमा भने दुवै दल आफ्नै अडानमा रहे ।

मन्त्रिपरिषदले नियुक्त गर्ने २६ सभासदमध्ये २२ जना भने आइतवार बस्ने मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने दलहरुबीच सहमति भएको छ । जस अनुसार कांग्रेसले ९, एमालेले ८ एमाओवादीले ४ र राप्रपा नेपालले एक जनाको नाम शनिवार सम्म दिने सहमति भएको छ । बाँकी रहेका चार कुनै पनि दलले आफैं प्राप्त गरेको मतअनुसार एउटा सभासद पनि पाउने स्थिति नरहेपछि सरकारले साना दलहरुलाई मिलेर आउन भनेको छ । स्रोतका अनुसार साना दलबीच छलफल भई सहमतिमा पुग्न समय लाग्ने हुनाले २२ जनाको मात्रै मनोनयन हुन लागेको हो ।

तर, कुनै पनि दलहरुले अहिलेसम्म आफ्नो भागमा परेका सभासदको टुंगो लगाएका छैन् । एमाले सचिव गोकर्ण विष्टले अहिलेसम्म आफ्नो दलले आफ्नो भागमा परेका सभासदको टुंगो लगाईनसकेको बताए । तर, एमाओवादीले भने आफ्नो भागका परेका सभासदको नाम चयन गरिसकेको जनाएको छ । एमओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आफ्नो दलले चारै जनाको नाम टुंगो लगाईसकेको बताए । कांग्रेसले पनि आफ्नो भागमा परेका सभासदको नाम चयन गर्न सकेको छैन् ।

यसैबीच सत्तारुढ दलहरुबीच विभिन्न मुलुकमा रिक्त राजदुत नियुक्तीका विषयमा भने विवाद भएको छ । दुवै दलले भारत र अमेरिकामा आँखा लगाएपछि सहमति हुन नसकेको हो । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भारत र अमेरिकामा आफ्नो मान्छे पठाउन पाउनुपर्ने दाबी गरेको भने भने एमालेले दुई देशमध्ये एक देशमा आफ्नो मानिस पठाउन पाउनुपर्ने अडान दिएको छ । स्रोतका अनुसार कांग्रेसले भारतमा कांग्रेस नेता दिपकुमार उपाध्यायलाई राजदुत नियुक्त गर्न पाउने तयारी गरेको छ । उपाध्याय प्रधानमन्त्री कोइराला निकट मानिन्छन् । यसैगरी पुर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डे र द्वारिका ढुंगेलको नाम पनि चर्चामा रहेको छ ।


  •  
  •  
  •