कांग्रेस एमालेको बटमलाइन अब ७ प्रदेश

129
  •  
  •  
  •  

काठमाडौं १३ कात्तिक (ओएनएस) : सत्तासिन नेपाली कांग्रेस र नेकपा एमालेले संघिय सात प्रदेशमा सहमति गरेका छन् । दुई दलका प्रस्तावलाई एक ठाउँमा राखेर बढीमा सात प्रदेशमा जानेमा उनीहरु सहमत भएका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले ६ वा ७ प्रदेशमा राज्यको संघीय पुनस्संरचना गर्ने सहमति गरेका हुन् । एमाओवादी त्यसमा सहमत नभए प्रक्रियामा जाने उनीहरुले निणर्य गरेका छन् ।

दुईदलले प्रदेशको नाम टुङ्गो लगाउने जिम्मा प्रदेश सभालाई दिने निर्णय पनि गरेका छन् । एमाले उपाध्यक्ष भीम रावलले प्रदेशको नाम पछि राख्ने गरि संघियताको टुङ्गो लगाउने विषयमा सहमति भएको बताए । शासकीय स्वरुपमा एमालेले कार्यकारी प्रधानमन्त्रीको अडान छाडेको छ । कांग्रेसको प्रस्तावलाई संसोधन गर्दै सुधारिएको संसदीय व्यवस्थामा जाने निर्णय समेत गरेको छ। जसमा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र निर्वाचित मण्डलबाट संवैधानीक राष्ट्रपति छनोट गर्ने सहमति भएको उपाध्यक्ष रावलले बताए । ।

प्रधानमन्त्रीलाई शक्तिशाली बनाउन जतिबेला पनि अविश्वासको प्रस्ताव ल्याउन नपाइने प्रावधान समेत राखिने उनले बताए। दुईदलले आजको सहमतिलाई बटमलाईनका रुपमा एमाओवादीसाग प्रस्ताव गर्नेछन् । एमाओवादी पनि ८ प्रदेशमा आउने विषयमा आन्तरिक तयारीमा छ ।


  •  
  •  
  •