गतिरोध अन्त्य गर्ने सम्बन्धमा कांग्रेस र एमाओवादीबीच छलफल

197
  •  
  •  
  •  

काठमाडौँ, ११ पुस(ओएनएस) : राजनीतिक गतिरोध अन्त्य गर्नकालागि नेपाली कांग्रेस र एमाओवादीबीच आज बिहान छलफल भएको छ ।

शनिबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा भएको छलफल जारी संकटलाई जतिसक्दो चाँडो अन्त्य गर्ने विषयमा केन्द्रित भएको छ । दुई दलका नेताबीच जारी संकट समाधान गर्ने र मधेसी मोर्चाको मागहरूलाई सम्बोधन कसरी गर्ने भन्ने बिषयमा केन्द्रित भएको छ ।

छलफलमा कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य महेश आचार्य र एमाओवादी अध्यक्ष दाहाल सहभागी थिए ।

यसैगरी आज नै तीन बजे कांग्रेस र मोर्चाका शीर्ष नेताबीच राजनीतिक समस्या समाधानको विषयमा छलफल गर्ने जनाइएको छ । कोइराला निवासमा ३ बजे मोर्चासँग छलफल गरिसकेपछि फेरि कांग्रेस, एमाओवादी र मोर्चाका शीर्ष नेताबीच त्रिपक्षीय छलफल गरिने छ ।


  •  
  •  
  •