संविधान निर्माणबारे कांग्रेस–एमाओवादी छलफल

324
  •  
  •  
  •  

काठमाडौँ, २४ साउन (ओएनएस)  : संविधान निर्माणका अन्तरवस्तु र विवादित विषयमा सहमति खोज्न नेपाली कांग्रेस एमाओवादीबीच शनिबार छलफल भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधानका अन्तरवस्तु र विवादित विषयलाई एकपक्षीय र बहुपक्षीय छलफलद्वारा किनारा लगाउने सहमति भएको छ ।

छलफलमा निर्धारित समयभित्रै संविधान निर्माणका लागि गृहकार्यलाई अघि बढाउने दुवै पार्टीबीच सहमति भएको छलफलमा सहभागी एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘सबै सहमतिका आधारमा अघि बढाँै, अहिलेसम्म कार्यतालिकाका आधारमा अघि बढिएको छ, अबको मुख्य काम विवादित विषयमा सहमति खोज्नु हो । संविधानसभा बाहिरका वैद्यजी (नेकपा–माओवादी)लाई पनि सहभागी गराउनुप¥यो भनेर हामीले आग्रह ग¥यौँ । अर्कोतर्फ संविधान निर्माणका सन्दर्भमा लोकतन्त्रका आधारभूत पक्षमा अडिक रहेर विदेशी असल कुरा ल्याइएपनि मूलतः नेपालकै ढाँचामा संविधान बनाउ भन्नेबारे पनि कुराकानी भएको छ’, उनले भने ।

छलफलमा कांग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल, महेश आचार्य र एमाओवादीको तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी थिए । संविधान निर्माणका विवादित विषयमा सहमति खोज्न तीन ठुला दलले नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष विद्या भण्डारी तथा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरालाई जिम्मेवारी दिएको छ ।


  •  
  •  
  •