काठमाडौं २३ फागुन ।
भृकुटीमण्डप बाहिरको प्रदर्शनीमार्ग उम्मेदवारका पर्चा र पम्प्पेटले भरिएका छन् । प्रचारशैली खर्चिलो र भड्किलो छ । फ्लेक्स, ब्यानर, पर्चा, पुस्तक फाटोलगायतले प्रदर्शनीमार्ग रंगीचंगी छ । नाराबाजी र नाचगानसहित प्रदर्शनीमार्गलाई संगीतमय बनाएका छन् ।
महाधिवदेशनस्थल भृकुटीमण्डपमा नेपाल नाई संघले प्रतिनिधिका लागि निः शुल्क कपाल र दाह्री काट्ने सुविधा दिएको छ । त्यहाँ ९६७ प्रतिनिधिले कपाल र दाह्री काटेका छन् । निः शुल्क सेवाको फाइदा केन्द्रीय सदस्यदेखि प्रतिनिधिसम्मले लिएका छन् ।
कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा लगायतले कपाल काट्ने स्थलको अवलोकन गरेर पशंसा गरेको नाइसंघका अध्यक्ष राजाराम ठाकुरले बताए । केन्द्रीय सदस्य शेखर कोइरालालले दाह्री र डा .प्रकाशशरण महतले कपाल काटेका थिए ।
नयाँपत्रिकाबाट