प्रक्रिया छोट्याउन कांग्रेसले गुहार्यो सभाध्यक्षलाई

172
  •  
  •  
  •  

Congress-flag_20131025042358काठमाडौ, १६ पुस(ओएनएस) : नेपाली कांग्रेसले माघ ८ मा संविधान ल्याउन सहमतिको सम्भावना नरहेको निस्कर्ष निकालेको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्लाई प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले प्रक्रियामा नगए माघ ८ मा संविधान ल्याउन नसक्ने निस्कर्ष निकाल्दै तत्काल प्रक्रिया अघि बढाउनुपर्ने निर्णय गरेको हो । उपसभापति रामचन्द्र पौडेलले सहमतिको प्रतिक्षा गरेर समयमै संविधान आउन नसक्ने भएकाले कांग्रेस प्रक्रिया जाने निणर्यमा पुगेको बताए । उनले प्रक्रिया अघि बढाउन पार्टीले संविधानसभाका अध्यक्षलाई आग्रह गरिएको बताए ।

बैठकले संविधानसभा नियमावलीमा भएका केही प्रावधानलाई निलम्बन गर्न र प्रक्रिया छोट्याएर संविधान निर्माणको कार्यलाई गति दिन सभाध्यक्षलाई आग्रह गर्ने निर्णय गरेको हो ।


  •  
  •  
  •