सरकारलाई दवाव दिन कांग्रेसको काठमाडौमा दवाव र्‍याली

166
  •  
  •  
  •  

काठमाडौ, १६ मंसिर(ओएनएस) : मुलुकमा बढेको कालाबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानकोलागि दवाव दिन नेपाली काग्रेस काठमाडौले राजधानीमा बृहद दवाव र्याली गर्ने भएको छ ।

‘अधिकार, न्याय र शान्तिको लागि दबाब’ नाम दिईरहेको र्‍यालीमार्फत मधेस समस्या तत्काल संवाद मार्फत हल गर्न र सरकारबाट संरक्षित कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दवाव दिने उद्देश्य रहेको काठमाडौ काग्रेस सभापति एवम सभासद भीमसेन दास प्रधानले जानकारी दिए । दवाब र्‍याली आज बुधबार अपरान्ह १ बजे शान्ति बाटिकाबाट सुरु हुनेछ ।

प्रधानले मधेस आन्दोलनलाई समर्थन गर्दै समर्थन गरेर नेपालमा अघोषित नाकाबन्दी गरेको भारत र समस्या समाधानमा गंभिर नदेखिएको भन्दै सरकारको ध्यान आर्कषित गर्न र्‍याली गर्न लागिएको बताए । उनले सरकारलाई नेपाली कांग्रेसको सरकारले दर्ता गरेको संविधान संसोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा काठमाडौका सभासद र केन्द्रीय सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक कुईकेल र तिर्थराम डंगोल लगायतकाले मधेसको समस्या समाधानमा सरकार उदासिन भएको भन्दै तत्काल अघिल्लो सरकारले दर्ता गरेको संविधान संसोधनलाई अगाडि बढाए मधेसको आधारभुत मागहरु पुरा हुने दावी गरे ।

उनीहरुले भूकम्पबाट ध्वस्त संरचनाको नवनिर्माणकोलागि पुर्ननिर्माण प्राधिकरण विद्येयकलाई समेत अगाडि बढाउन माग गरे ।


  •  
  •  
  •