मोदीको खिल्ली उडाउन कांग्रेसको गज्जबको तरिका

128
  •  
  •  
  •  

modiकाठमाडौ, २० चैत(एजेन्सी) : शुक्रबारदेखी बेङ्गलोरमा भारतीय जनता पार्टीको दुई दिने राष्ट्रिय कार्यकारिणीको बैठक सुरू हुँदैछ र युवा कांग्रेसले मोदी समेत सबै बिजेपी नेताहरूको खिल्ली उडाउनका लागि कम्मर कसेका छन् ।

कर्नाटक युथ कांग्रेसका नेताहरू कालो धन र भूमी अधिग्रहण बिलमा आफ्नो विरोध जनाउनेछन् । युवा कांग्रेसका नेताहरूले १५-१५ लाखको प्रतीकात्मय चेक बाँडेर मोदीको खिल्ली उडाउने छन् ।

भारतीय प्रधानमन्त्री भारतीय नरेन्द्र मोदीले सत्तामा आउनुअघि भारतको सम्पूर्ण कालो धन जफत गर्न सकियो भने यति पैसा हुनेछ की भारत सरकारले देशका गरिब परिवारको एकाउन्टमा १५ लाख भारतीय रूपैयाँ राखिदिन सकिनेछ । कांग्रेस नेता र कार्यकर्ताले बिहान १० बजेदेखी र्याली गरेका थिए ।

मोदीको र्याली शुक्रबार बिहान बीजेपीको राष्ट्रिय कार्यकारिणीको बैटक सुरू हुनेछ र मोदी यसमा सहभागी हुनका लागि बिहिबार बेङ्ग्लोर पुगेका छन् । मोदी शुक्रबार बेलुका बेङ्ग्लोर नेशनल कलेज मैदानमा एक र्यालीलाई पनि सम्बोधन गर्नेछन् । राष्ट्रिय कार्यकारिणीमा उनको सम्बोधन शनिबार हुनेछ । बीजेपीका सबै शीर्ष नेता उक्त बैठकमा सहभागी हुनेछन् ।


  •  
  •  
  •