‘कांग्रेसको प्रस्ताव अनुसार गए संविधान बन्दैन’

68
  •  
  •  
  •  

काठमाडौं २६ असोज (ओएनएस) : एकीकृत नेकपा माआवादीले कांग्रेसका संघीय प्रस्ताव अनुसार गए संविधान नबन्ने बताएको छ । अघिल्लो संविधानसभाको अडान र अहिले बाहिर आएको प्रस्तावमा कुनै फरक नभएकाले त्यस अनुुसार गए संविधान नबन्ने एमाओवादीको भनाई छ । एमाओवादी प्रवक्ता दीनानाथ शर्माले नेपाली कांग्रेसले परराम्परागत रुपमा नै संघहरु बनाउन खोजेकाले त्यसमा एमाओवादी सहमत हुन नसक्ने बताए ।

उनले त्यो कांग्रेसको अडानका रुपमा आएको भए संविधान पनि नबन्ने दावी गरे । ‘नेपाली कांग्रेसले शनिबार बाहिर ल्याएको प्रस्ताव यसअघि उसले भन्दै आएको भन्दै कुनै फरक छैन’ ओएनएससँग उनले भने, ‘त्यस अनुसार उसले अडान राख्नेहो भने संविधान बन्दैन र हामी बन्न दिन्नौं ।’ नेपाली कांग्रेसले ७५ जिल्ला कायम राख्ने गरि ६ वा ७ प्रदेशको खाका बाहिर ल्याएको छ ।

अनुसार एमाओवादी १४ बाट संख्यामा लचक हुन तयार रहेकाले कांग्रेस र एमाले संख्या र पहिचान दुइटैमा लचक भएमात्र संविधान बन्ने शर्माको भनाई छ । एमाओवादीले कांग्रेसको प्रस्ताव आएपछि त्यसमा आन्तरिक छलफल गर्ने तयारी गरेको छ । संवैधानिक समितिमा सभापति एमाओवादी नेता बाबुराम भट्टराईले सहमति नभए प्रक्रियामा जानुपर्ने बताएपनि पार्टी प्रक्रियामा नजाने अडानमा छ ।


  •  
  •  
  •