सप्तरीमा कांग्रेस र मोर्चाका कार्यकर्ताबीच झडप

138
  •  
  •  
  •  

काठमाडौं १८ माघ (ओएनएस) : सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेसको अधिवेसन विथोल्ने प्रयास गरेका छन् । मोर्चाका कार्यकर्ताले अधिवेसन विथोल्न खाजेपछि झडप भएको छ ।

सप्तरीको राजविराजमा जारी नगरअधिवेशन विथोल्न पुगेका मोर्चाका कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा केही घाइते भएका छन् । प्रहरीले हस्तक्षेप गरि स्थिगि नियन्त्रणमा लिएको छ ।

विथोल्न गएका मोर्चाको कार्यकर्ताको प्रतिकार हुँदा मोर्चाका तारा केशोर यादव घाइते भएका छन् । अहिले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरी घेराभित्र कांग्रेस अधिवेशन अन्तर्गत निर्वाचन भइरहेको छ । अधिवेसन स्थल नजिकै मोर्चाका कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।


  •  
  •  
  •