दुइटै विधेयक एकसाथ अघि बढाएमात्रै संसद खोल्ने : कांग्रेस

260
  •  
  •  
  •  

काठमाडौं २९ मंसिर (ओएनएस) : नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव र पुननिर्माण विधेयक प्रस्ताव सँगै अघि बढाउएमात्रै संसद खोल्न दिने निर्णय गरेको छ । विहान बसेको कांग्रेस पदाधिकारी बैठकले यसअघिको अडान कायम राख्दै दुइटै विधेयक एकसाथ अघि बढाउनुपर्ने निर्णय गरेको हो ।

महामन्त्री प्रकाशमान सिंहले दुई प्रस्ताव सँगै अघि बढाउनुपर्ने निस्कर्ष निकालीएको जानकारी दिए । सरकार तर्फबाट हिजो अघि सारिएको विकल्प मध्ये दुईटै प्रस्ताव सँगै अघि बढाउनेमा अडान कायम राख्ने निर्णय भएको उनले बताए ।
आफ्नो सरकारको पालामा तयार भएको संविधान संशोधन विधेयक र पुन निर्माण विधेयक अघि बढाउँदा त्यसको जस लिने पाइने कांग्रेसको निचोड छ ।

यसअघि संसद बैठक अवरुद्ध गर्दै आएका आन्दोलनरत मधेसी मोर्चा आवद्ध सांसदहरुले भूकम्पपछिको पुननिर्माणसम्बन्धी विधेयक अघि बढाउन दिने सहमति जनाए पछि कांग्रेसले पुननिर्माण विधेयकसँगै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने माग गर्दै आएको छ ।

कांग्रेस अवरोधको कारण संसदमा पुननिर्माण विधेयक पेश हुन सकेको छैन् । संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।


  •  
  •  
  •