कांग्रेसकाे बैठक अाज पनि बस्न सकेन, यस्ताे कारण!

258
  •  
  •  
  •  

काठमाडाैँ, १६ बैशाख (अाेएनएस) : नेपाली कांग्रेसको जारी लामाे समयदेखि केन्द्रीय कार्यसमिति बैठकले अन्तिम रुप लिन सकेकाे छैन्। संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच देखिएको निर्णय विवादले शनिबार दिनभर भएका अनौपचारिक बैठकमा पनि निर्णयमा के उल्लेख गर्ने भन्ने विवाद कायमै रहेपछि आइतबार बिहानका लागि बैठक बोलाइएको थियो।

तर आइतबार पनि विवादका कारण बैठक बस्न सकेन। आइतबार बिहान ९ बजे बोलाइएको बैठक पनि विवादका कारण अाैपचारिक रुपमा बस्न नसकेकाे कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बिहान भएको अनौपचारिक कुराकानीमा निर्वाचनको हार नेतृत्वले लिनुपर्ने अडानमा नेता रामचन्द्र पौडेल पक्षधरको अडान कायमै रहेको छ भने सभापति शेरबहादुर देउवा र उनी पक्षधर नेताहरु यसका लागि तयार भएका छैनन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले बेहोरेको हारको जिम्मा कसले लिने? भन्ने बारेमा दुवै पक्ष अडानमा रहेका छन् ।

त्यसैगरी लिखित रुपमा नै बैठकमा प्रवेश गरेको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समिति खारेजको विषय पनि अर्को विवादको विषय बनेको छ ।

स्रोतका अनुसार संस्थापन पक्षले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोरेको हारको जिम्मा सभापतिले मात्रै लिन अस्वीकार गरे पछि पौडेल पक्ष असन्तुष्ट बनेको छ ।

यस्तै पौडेल पक्षले भने अनुसार पार्टीको महासमिति बैठक बोलाउन र केन्द्रीय कार्यसम्पादन समिति तथा संसदीय समिति बिघटन गर्न पनि संस्थापन पक्षले अस्वीकार गरेको छ।

यिनै विविध एजेण्डाबारे छलफल गर्नलार्इ बस्न खाेजिएकाे बैठक दुर्इ पक्षबीचकाे अा-अाफ्नाे अडानका कारण बैठक बस्न नसेकाे स्रोतले बताएकाे छ।

 

 


  •  
  •  
  •