काठमाडौ, २५ मंसिर(ओएनएस) : नेपाली कांग्रेसमा प्रधानमन्त्री र पार्टीका मन्त्रीहरुको आलोचना भएको छ । केन्द्रीय सदस्यहरूले सभापति र केही नेताहरूले पार्टीलाई बन्दी बनाएको आरोप लगाएका छन् ।
लामो समयपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले संविधान निर्माणका विषयमा पार्टी नेताहरूले जानकारी नदिएको भन्दै आपत्ति जनाए । बिहानको बैठकमा राष्ट्रिय राजनीतिको विषयमा एजेण्डालाई छलफलबाट बाइपास गरेको आरोप लगाए ।
केन्द्रीय सदस्य प्रकाशशरण महतले नेतृत्वले आफू अनुकुल छलफल चलाउने गरेकाले त्यसको आलोचना भएको बताए । महामन्त्री कृष्ण सिटौलाले बैठकको सुरूमा नै क्रियाशिल सदस्यता वितरण, नयाँ नगरपालिका घोषणा, पार्टी संरचना, अनुशासन समितिको कारवाही लगायतका विषयमा एजेण्डा पेश गरेका थिए ।
‘अहिलेको सबैभन्दा महत्वपूर्ण विषयमा एजेण्डा किन राखिएन’ सदस्यहरुले नेतृत्वको ध्यानाकर्षण गराउँदै भनेका थिए, ‘प्रजातान्त्रिक पद्धतिमा चलेको पाटीमा अप्रजातान्त्रिक तरिका ठीक भएन ।’ नेता महतका अनुसार पार्टी र सरकार एक लोटी ढंगले चलेको विषयमा अधिकांश कुरा उठाएको बताए ।
बैठकमा प्रधानमन्त्री सुशील कोइरालाको कार्यशैलीको पनि आलोचना भएको थिए । सबैलाई समटेर जानुपर्ने प्रधानमन्त्रीले एकल हिसाबले चल्न खोजेको आरोप लगाए ।
प्रधानमन्त्री सुशील कोइरालाको अनुपस्थितीमा बैठकको अध्यक्षतामा गरेका कांग्रेस उपसभापति रामचन्द्र पौडेल गरेका थिए । हचुवाका भरमा नगरपालिकाको घोषणा गरेर पार्टीले अलोकतान्त्रिक काम गरेको भन्दै स्थानीय विकास तथा उपप्रधानमन्त्री पकाशमान सिंहको पनि आलोचना भएको थियो । बैठकपछि नेता एनपी साउदले एजेण्डा नराखिए पनि सदस्यहरूले संविधानका विषयमा भनाई राखेका थिए ।